दुबई एयर शोमा भारतीय लडाकु विमान तेजस दुर्घटना

हिमाल प्रेस ५ मंसिर २०८२ १७:००
10
SHARES
दुबई एयर शोमा भारतीय लडाकु विमान तेजस दुर्घटना

काठमाडौँ- दुबई एयर शोमा सहभागी भारतीय लडाकु विमान ‘तेजस’ दुर्घटना भएको छ। प्रदर्शनका क्रममा विमान दुर्घटना भएको हो।

विमान एक भारतीय वायुसेनाका पाइलटले उडाइरहेका थिए। पाइलटको अवस्थाबारे आधिकारिक जानकारी आएको छैन।

विमान हावामा घुम्ने क्रममा नियन्त्रण गुमाएर भुइँमा खसेको थियो। भुइँमा ठोक्किएपछि ठूलो आवाज आउनुका साथै मकतुम अन्तर्राष्ट्रिय विमानस्थलमाथि धुँवाको मुस्लो देखिएको थियो।

दुबई एयर शो विश्वको प्रमुख एभिएसन आयोजनामध्ये एक हो। यो शोमा विश्वभरका एयरलाइन्स र सैन्य उत्पादकले आफ्नो प्रविधि प्रदर्शन गर्ने गर्दछन्।

यो दुर्घटनापछि एयर शोको सुरक्षामाथि गम्भीर प्रश्न उठेको छ। दुर्घटनाबारे आवश्यक छानबिन भइरहेको बताइएको छ।

प्रकाशित: ५ मंसिर २०८२ १७:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast