भारतद्वारा ७० मिटर मोड्युलर पुल हस्तान्तरण

हिमाल प्रेस ४ मंसिर २०८२ १९:३२ | Thursday, November 20, 2025
16
SHARES
भारतद्वारा ७० मिटर मोड्युलर पुल हस्तान्तरण

काठमाडौँ- भारत सरकारले नेपाललाई ७० मिटर लामो मोड्युलर पुल तथा पुल जडानका लागि आवश्यक उपकरण हस्तान्तरण गरेको छ।

बिहीबार हेटौँडामा आयोजित एक कार्यक्रमका बीच नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङलाई मोड्युलर पुल हस्तान्तरण गरेका हुन्।

गत असोजमा पूर्वी नेपालमा आएको विनाशकारी वर्षापछि प्रभावित सडक संरचना निर्माणमा सघाउन भारत सरकारले निर्माण सामग्री हस्तान्तरण गरेको दूतावासले जनाएको छ।

भारतले नेपाल सरकारको अनुरोधअनुसार दशवटा ७० मिटर लामो बेली ब्रिज अनुदानस्वरूप उपलब्ध गराउने प्रतिबद्धता जनाएको दूतावासको भनाइ छ। नेपाली ७३ करोडभन्दा बढी मूल्य बराबरका यी पुलहरू आपतकालीन पुनः निर्माणका लागि महत्पूर्ण हुने बताइएको छ।

भारी वर्षापछि सडक संरचना भत्किँदा यातायात आवागमन अवरूद्ध भएको रामेछापमा हस्तान्तरण गरिएको पहिलो मोड्युलर पुल तत्कालै पठाइनेछ।

यसअघि गत वर्ष आएको बाढी पहिरोपछि पनि भारत सरकारले नेपाली ४१ करोड मूल्य बराबरका १० प्रि–फ्याब्रिकेटेड स्टील ब्रिज उपलब्ध गराएको थियो, जसमध्ये चारवटा पुल जडान भइसकेका छन्।

समारोहमा भारतीय राजदूत श्रीवास्तवले नेपाल–भारत सम्बन्ध दिगो मित्रतामा आधारित रहेको उल्लेख गर्दै मोड्युलर पुल तथा उपकरण हस्तान्तरण विपद्पछिको पूर्वाधार पुनः निर्माणमा भारतको सधैँ सहयोगी भावनाको प्रमाण भएको बताए।

मन्त्री घिसिङले भारतले प्रदान गर्दै आएको निरन्तरण सहयोगप्रति धन्यवाद व्यक्त गरे। उनले छिटो जडान गर्न सकिने यस्ता मोड्युलर पुलहरू आपतकालीन पुनः निर्माणमा अत्यन्त महत्पूर्ण हुने बताए।

प्रकाशित: ४ मंसिर २०८२ १९:३२ | Thursday, November 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast