पार्टी एकता नभए फागुन २१ को चुनाव नहुन पनि सक्छ : माओवादी केन्द्र

हिमाल प्रेस १५ कार्तिक २०८२ १९:०० | Saturday, November 1, 2025
32
SHARES
पार्टी एकता नभए फागुन २१ को चुनाव नहुन पनि सक्छ : माओवादी केन्द्र

काठमाडौँ- नेकपा माओवादी केन्द्रले छिटो भन्दा छिटो नेकपा एकीकृत समाजवादी लगायतका दलसँग एकता गर्ने निर्णय गरेको छ।

शनिबार शनिबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादी महाधिवेशन आयोजन समिति सचिवालय बैठकले पार्टी एकताका लागि सैद्धान्तिक र नीतिगत विषय टुंगो लागेको भन्दै छिटो एकता गर्ने निर्णय भएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।

उनले एकताका लागि प्राविधिक तथा संगठानिक विषयमा छलफल भएको भन्दै कात्तिक १७ गते बस्ने केन्द्रीय बैठकले एकताको अन्तिम निर्णय गर्ने बताए।

सापकोटाले एकीकृत समाजवादी, महिन्द्रराय यादवको जसपा, एमालेबाट विद्रोह गरेका प्रेमबहादुर सिंह, राजु कार्कीको नेकपा समाजवादी, सुवास काफ्लेको जनसमाजवादी पार्टीकाबीचमा एकता हुने बताए।

त्यस्तै विप्लव नेकपाबाट विद्रोह गरेका शक्तिसँग पनि पार्टी एकताका लागि कुराकानी भइरहेको उनले बताए। सापकोटाले तत्काल पार्टी एकता नभए फागुन २१ गतेको चुनाव नहुन पनि सक्ने भएकाले एकताका लागि ढिला नगर्ने जिकिर गरे।

उनले नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपालाई पनि सिंगै एकतामा ल्याउने प्रयास गरेको बताए। एकताको विषयलाई लिएर पार्टी विभाजन नहुने उनको भनाइ छ।

प्रकाशित: १५ कार्तिक २०८२ १९:०० | Saturday, November 1, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast