आईसीसी विश्वकप लिग–२ : नेपालको लगातार चौथो हार

हिमाल प्रेस १९ कार्तिक २०८२ १९:५८ | Wednesday, November 5, 2025
14
SHARES
आईसीसी विश्वकप लिग–२ : नेपालको लगातार चौथो हार तस्बिर : क्यान

काठमाडौँ- आईसीसी विश्वकप लिग–२ अन्तर्गतको एकदिवसीय श्रृंखलामा नेपाल जितविहीन बनेको छ। बुधबार सम्पन्न चौथो तथा अन्तिम खेलमा नेपाल घरेलु टोली संयुक्त अरब एमिरेट्स (यूएई) सँग चार विकेटले पराजित भयो।

हारसँगै २० खेलमा १२ अंक जोडेको नेपाल सातौँ स्थानमा छ। पराजित यूएई समान खेलबाट १० अंकका साथ पुछारमा छ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको २४० रनको लक्ष्य यूएईले पाँच बल बाँकी रहँदै ६ विकेटको क्षतिमा पूरा गर्‍यो। यूएईका लागि मोहम्मद शहदादले ९६ रनको योगदान गरे। यसैगरी मोहम्मद वासिमले ७६, सोहेब खानले २९, कप्तान अलिसान शराफुले १८ र हर्षित कौशिकले १३ रन बनाए।

नेपालका लागि करण केसीले ३, नन्दन यादव, ललित राजवंशी र सन्दीप लामिछानेले एक विकेट लिए।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २३९ रन बनाएको थियो।

नेपालका लागि भीम सार्कीले सर्वाधिक ४८, कुशल मल्लले ४५, दीपेन्द्रसिंह ऐरीले ३७, आसिफ शेखले ३४, आरिफ शेखले ३० र सन्दीप लामिछानेले १५ रन बनाए। यूएईका लागि जुनैद सिद्धिकी, मोहम्मद जवादुल्लाहल र ध्रुव परासरले २–२ तथा जाहिद अलीले एक विकेट लिए।

प्रकाशित: १९ कार्तिक २०८२ १९:५८ | Wednesday, November 5, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast