गृहमन्त्री अर्यालले गरे राष्ट्रपति पौडेलको आगजनी भएको घरको निरीक्षण

हिमाल प्रेस १७ कार्तिक २०८२ १५:२५
18
SHARES
गृहमन्त्री अर्यालले गरे राष्ट्रपति पौडेलको आगजनी भएको घरको निरीक्षण

काठमाडौँ- गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएको राष्ट्रपति रामचन्द्र पौडेलको निजी निवासको निरिक्षण गरेका छन्।

सोमबार काठमाडौँको बोहराटार पुगेर गृहमन्त्री अर्यालले आगजनी र तोडफोडबाट पूर्णरुपमा क्षतिग्रस्त राष्ट्रपति पौडेलको निजी निवासको निरिक्षण गरेका हुन्।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेललगायत सुरक्षा निकायका अधिकारीसहित बोहराटार पगेका गृहमन्त्री अर्यालले क्षतिको विवरणबारे जानकारी लिएका थिए।

त्यस्तै गृहमन्त्री अर्यालले सोमबार नै जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट क्षतिग्रस्त भएको बालाजु प्रहरीवृत्तको पनि निरिक्षण गरेका छन्।

सो क्रममा प्रहरी अधिकारीहरुले स्थानीयसँगको सहकार्यमा बालाजु वत्तको पुनः निर्माणको काम सुरु गरिएको जानकारी दिएका थिए।

प्रकाशित: १७ कार्तिक २०८२ १५:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast