हिक्मत महरा बने सुदूरपश्चिम रोयल्सको ‘आइकोनिक खेलाडी’

हिमाल प्रेस २५ कार्तिक २०८२ ६:५४ | Tuesday, November 11, 2025
8
SHARES
हिक्मत महरा बने सुदूरपश्चिम रोयल्सको ‘आइकोनिक खेलाडी’

काठमाडौँ- हिक्मत महरा नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनका लागि सुदूरपश्चिम रोयल्सको ‘आइकोनिक खेलाडी’ बनेका छन्। सुदूरपश्चिमले आइतबार र सोमबार गरेको ‘ट्यालेन्ट हन्ट’ बाट तिव्रगतीका बलर हिक्मत उत्कृष्ट ठहरिए।

धनगढीस्थित धनगढी क्रिकेट एकेडेमीमा भएको ‘ट्यालेन्ट हन्ट’ मा झन्डै ३०० सहभागी थिए। जगत टमटाको नेतृत्वमा रहेको प्रशिक्षण टोलीले दुई चरणमा गरेर खेलाडी छनोट गरेको हो।

हिक्मतले अब सुदूरपश्चिम रोयल्सको टोलीबाट एनपिएल खेल्ने छन्। आइकोनिक बाहेक अन्य पाँत खेलाडीलाई सुदूरपश्चिमको डेभलपमेन्ट टोलीमा राखिएको छ। ओमप्रकाश घिमिरे, सोलुप चौधरी, टेकराज थलाल, तर्भिस जैशी र अभिषेक कोइराला डेभलपमेन्ट टिममा छन् ।

हिक्मत बिट दी स्पिडमा १३१ किलोमीटरको स्पिडमा बलिङ गर्दै पहिलो भए भने अभिषेक १२५ किलोमीटरको स्पिडका साथ दोस्रो स्थानमा रहे। सुदूरपश्चिमले मार्की दीपेन्द्रसिंह ऐरीसहित विनोद भण्डारी, आरिफ शेख, अविनाश बोहरा, इशान पाण्डे र नरेन साउदलाई रिटेन गरेको छ । यसैगरी टोलीले मिनी अक्सनबाट दीपक बोहरा, मिलन बोहरा, हेमन्त धामी, टेक रावत, दीपेन्द्र थापालाई अनुबन्ध गरेको थियो ।

यसैगरी टोलीले विदेशी खेलाडीका रूपमा अस्ट्रेलियाका क्रिस लिन र जोश ब्राउन, न्युजिल्यान्डका स्कट कुगेलेइन तथा अमेरिकाका हर्मित सिंहलाई भित्र्याएको छ।

नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा गत वर्षबाट सुरु भएको एनपिएलमा देशका विभिन्न सहरलाई प्रतिनिधित्व गर्दै आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन्। यस सिजन पनि सुदूरपश्चिमसहित साविक विजेता जनकपुर बोल्ट्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स उपाधिका लागि भिड्ने छन् ।

एनपिएलको दोस्रो सिजन मंसिर १ देखि २७ सम्म हुँदैछ ।

 

प्रकाशित: २५ कार्तिक २०८२ ६:५४ | Tuesday, November 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast