वाणिज्य बैंकहरूको सम्पत्ति, निक्षेप र कर्जा वृद्धि

हिमाल प्रेस १ मंसिर २०८२ १९:३३
14
SHARES
वाणिज्य बैंकहरूको सम्पत्ति, निक्षेप र कर्जा वृद्धि

काठमाडौँ- वाणिज्य बैंकहरूको सम्पत्ति, निक्षेप र कर्जा प्रवाहमा मध्यम स्तरको वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक आव २०८१/८२ को वार्षिक प्रतिवेदनअनुसार बैंकिङ क्षेत्रको कूल सम्पत्ति तथा दायित्व १२ प्रतिशतले बढेर ८ खर्ब ९५ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यो वृद्धि १२.९ प्रतिशत थियो।

असार मसान्तसम्म कुल निक्षेप संकलन १३.७ प्रतिशतले बढेर ६ खर्ब ५३१ अर्ब ८७ करोड रुपैयाँ पुगेको प्रतिवेदनमा उल्लेख छ। यो वृद्धि गत वर्षको १३.३ प्रतिशतभन्दा केही बढी हो।

चल्ती तथा बचत निक्षेपमा क्रमशः ३८.९ र ३६.५ प्रतिशतको तीव्र वृद्धि देखिएको छ। तर स्थायी निक्षेप भने २ प्रतिशतले घटेको छ। गत वर्ष चल्ती निक्षेप १६ प्रतिशतले घटेको थियो। बचत र स्थायी निक्षेप क्रमशः २८.२ र ९.७ प्रतिशतले बढेका थिए।

स्थायी निक्षेपको ब्याजदर घटेर करिब ५ प्रतिशतमा सीमित भएकाले निक्षेपकर्ताहरूले रकम बचत र चल्ती खातामा स्थानान्तरण गरेका छन्। केही वर्षअघिसम्म स्थायी निक्षेपको ब्याजदर औसत ९–१० प्रतिशत थियो।

कर्जा तथा लगानी असार अन्त्यसम्म ७.२ प्रतिशतले बढेर ६ खर्ब २९५ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यसमा ७.७ प्रतिशत वृद्धि भएको थियो। यस अवधिमा निजी क्षेत्रलाई प्रवाह भएको कर्जा ८.६ प्रतिशतले बढेको छ, जुन गत वर्षको ५.८ प्रतिशतभन्दा बढी हो। निजी क्षेत्र कर्जा–जीडीपी अनुपात ७९.९ प्रतिशतमा पुगेको छ।

प्राथमिकताका क्षेत्रमा लगानी कुल कर्जाको ३३.२६ प्रतिशत (१ खर्ब ६०१ अर्ब ८७ करोड) रहेको छ। यसमध्ये १३.६ प्रतिशत कृषि क्षेत्र र १९.६ प्रतिशत कृषि प्राथमिकता क्षेत्रमा लगानी भएको छ।

सरकारी ऋणपत्रमा गरिएको लगानी १.५ प्रतिशतले बढेर १ खर्ब ३१ अर्ब १८ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष ऋणपत्रमा गरिएको लगानी १२४ अर्ब ७८ करोड रुपैयाँले बढेको थियो।

बैंकहरूको कुल तरल सम्पत्ति १ खर्ब ७४७ अर्ब १० करोड रुपैयाँ पुगेको छ। यो कुल निक्षेपको २६.७१ प्रतिशत हो। अघिल्लो वर्ष यो अनुपात २७.४ प्रतिशत थियो। तरल सम्पत्तिभित्र तरल कोष भने २८.४ प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ।

प्रकाशित: १ मंसिर २०८२ १९:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast