दाताको सहयोगमा गलेश्वर मन्दिरमा सुनको जलप

हिमाल प्रेस ४ मंसिर २०८२ १४:५२
8
SHARES
दाताको सहयोगमा गलेश्वर मन्दिरमा सुनको जलप

म्याग्दी- दाताको सहयोगमा म्याग्दीको बेनी नगरपालिका-९ मा रहेको गलेश्वर मन्दिरको गजुरमा सुनको जलप र छानामा सुनौलो रङ लगाइएको छ। गलेश्वर निवासी बमबहादुर पुनले रु चार लाख खर्चेर मन्दिरको छानोमा गोल्डेन कलर (सुनौलो) रङ र गजुरमा सुनको जलप लगाएका हुन्।

गलेश्वर मन्दिर विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीका अनुसार कोषको निर्णय र स्वीकृति लिएर पुनले रङरोगन र जलप लगाएका हुन्। कोषका उपाध्यक्षसमेत रहेका उनले यसअघि व्यक्तिगत लगानीमा गलेश्वर मन्दिरमा रहेको शिवजीको ज्योतिएलिङ्गमा चाँदीको मुकुटले छोपेका थिए।

जलप लगाउन प्रयोग भएको सात ग्राम सुन खरिदमा रु एक लाख ५१ हजार, २७ लिटर सुनौलो रङ खरिद, ढुवानी र ज्यालामा रु दुई लाख ३६ हजार खर्च भएको पुनले जानकारी दिए।

गलेश्वर मन्दिरको छानो पित्तल र गजुर तामाको छ। यसअघि २०७७ सालमा कोषको रु २७ लाख आन्तरिक आम्दानीबाट र सहयोगदाता रमेश शर्माको रु पाँच लाख ५५ हजार ५५५ मा मन्दिरको छानोलाई पित्तलले छाइएको थियो।

शर्माका बुवा राधाकृष्ण पराजुलीले २०५५ सालमा रु २० लाख खर्चेर गलेश्वर मन्दिर निर्माण गरेका थिए।

प्रकाशित: ४ मंसिर २०८२ १४:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast