सुनको भाउ घट्यो, चाँदीको बढ्यो

हिमाल प्रेस ११ मंसिर २०८२ ११:१८ | Thursday, November 27, 2025
6
SHARES
सुनको भाउ घट्यो, चाँदीको बढ्यो

काठमाडौँ-  सुनको भाउ तोलामा ४ सय रुपैयाँ घटेको छ। अघिल्लो दिन ९ सय रुपैयाँ बढेको थियो। यस दिन नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको भाउ प्रतितोला २ लाख ४८ हजार ४ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ४८ हजार ८ सय रुपैयाँ थियो।

विगत एक सातामा तोलामा ५ हजार ४ सय रुपैयाँले सुनको भाउ बढेको छ। गत बिहीबार २ लाख ४३ हजार रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको भाउ आज बढेको छ। चाँदी प्रतितोला ६० रुपैयाँ बढेको हो। महासंघले अघिल्लो दिन प्रतितोला मूल्य ३२२० रुपैयाँ तय गरेकोमा आज ३२८० रुपैयाँ तोकिएको छ।

प्रकाशित: ११ मंसिर २०८२ ११:१८ | Thursday, November 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast