काठमाडौँ- सुनको भाउ तोलामा ४ सय रुपैयाँ घटेको छ। अघिल्लो दिन ९ सय रुपैयाँ बढेको थियो। यस दिन नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको भाउ प्रतितोला २ लाख ४८ हजार ४ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ४८ हजार ८ सय रुपैयाँ थियो।
विगत एक सातामा तोलामा ५ हजार ४ सय रुपैयाँले सुनको भाउ बढेको छ। गत बिहीबार २ लाख ४३ हजार रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको भाउ आज बढेको छ। चाँदी प्रतितोला ६० रुपैयाँ बढेको हो। महासंघले अघिल्लो दिन प्रतितोला मूल्य ३२२० रुपैयाँ तय गरेकोमा आज ३२८० रुपैयाँ तोकिएको छ।
प्रकाशित: ११ मंसिर २०८२ ११:१८
प्रतिक्रिया


