सुनको भाउ २१ सयले घट्यो, चाँदी बढ्यो

हिमाल प्रेस २६ कार्तिक २०८२ ११:०५ | Wednesday, November 12, 2025
18
SHARES
सुनको भाउ २१ सयले घट्यो, चाँदी बढ्यो

काठमाडौँ- बुधबार सुनको भाउ तोलामा २१ सय रुपैयाँ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ४४ हजार ३ सय रुपैयाँ तय गरेको छ।

अघिल्लो दिन २ लाख ४६ हजार ४ सय रुपैयाँ तोकेको थियो । यसअघि असोज ३१ गते सुनको भाउ हालसम्मकै उच्च तोलाको २ लाख ५८ हजार रुपैयाँ पुगेको रेकर्ड छ।

सुनको भाउ घटे पनि चाँदी बढेको छ । चाँदी प्रतितोला ५ रुपैयाँ बढेको महासंघले जनाएको छ।अघिल्लो दिन तोलाको ३१७० रुपैयाँमा कारोबार भएको चाँदी आज ३१७५ रुपैयाँ कायम भएको छ।

यसअघि असोज ३१ गते चाँदीको भाउ हालसम्मकै उच्च तोलाको ३३५० रुपैयाँ पुगेको रेकर्ड छ।

प्रकाशित: २६ कार्तिक २०८२ ११:०५ | Wednesday, November 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast