सुनको मूल्य फेरि साढे २ लाख नाघ्यो

हिमाल प्रेस २७ कार्तिक २०८२ ११:०५ | Thursday, November 13, 2025
16
SHARES
सुनको मूल्य फेरि साढे २ लाख नाघ्यो

काठमाडौँ- सुनको मूल्य फेरि साढे २ लाख नाघेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ५० हजार २ सय रुपैयाँ पुगेको छ।

बुधबारको तुलनामा आज एकैदिन सुन तोलामा ५ हजार ९ सय रुपैयाँ बढेको हो। बुधबार २ लाख ४४ हजार ३ सय रुपैयाँमा सुनको कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुनको मूल्य प्रतिऔंस ४२०० डलर नाघेको छ। यसअघि अन्तर्राष्ट्रिय बजारमा कारोबार भइरहँदा प्रतिऔंस ४३८१ डलरसम्म पुगेको रेकर्ड छ।

त्यस्तै, नेपाली बजारमा असोज ३१ गते सुनको मूल्य प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुगेको रेकर्ड छ। त्यसैगरी चाँदी अघिल्लो दिनको तुलनामा तोलाको १७० रुपैयाँ बढेको छ।

आज प्रतितोला ३३४५ रुपैयाँ चाँदीको मूल्य तय भएको महासंघले जनाएको छ। यसअघि असोज ३१ गते चाँदीको मूल्यमा ३३५० रुपैयाँको रेकर्ड बनेको छ।

प्रकाशित: २७ कार्तिक २०८२ ११:०५ | Thursday, November 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast