ग्लोबल आईएमई बैंक र नास–आईटीबीच डिजिटल बैंकिङ र कर्जा विस्तारसम्बन्धी छलफल

हिमाल प्रेस २० कार्तिक २०८२ १६:५०
2
SHARE
ग्लोबल आईएमई बैंक र नास–आईटीबीच डिजिटल बैंकिङ र कर्जा विस्तारसम्बन्धी छलफल

काठमाडौँ- ग्लोबल आईएमई बैंक लिमिटेडले नेपाल एसोसिएसन अफ सफ्टवेयर एन्ड आईर्टी सर्भिसेस (नास–आईटी) का सदस्यहरूसँग डिजिटल बैंकिङ, कर्जा सुविधा र व्यवसाय विस्तारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा बैंकका अधिकारीहरूले आईटी क्षेत्रका उद्यमीहरू र व्यवसायिक प्रतिनिधिहरूसँग बैंकको कर्जा प्रक्रिया, उपलब्ध कर्जा योजना, डिजिटल सेवा, बैंकिङ सुरक्षा उपाय र नवीनतम वित्तीय प्रविधिसम्बन्धी विषयमा विस्तृत जानकारी साझा गरे।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले कार्यक्रममा बोल्दै बैंकले विभिन्न पेशागत समूह र व्यवसाय लक्षित गरी नवीन र व्यावसायिक दृष्टिले उपयोगी अन्तरक्रिया कार्यक्रमहरू सञ्चालन गरिरहेको जानकारी दिए। उनले बैंकले देशभर वित्तीय साक्षरता अभियानहरू पनि सञ्चालन गर्दै नागरिकमा वित्तीय सचेतना बढाइरहेको बताए।

ग्लोबल आईएमई बैंक र नास–आईटीबीचको सहकार्यअन्तर्गत दुवै संस्थाका कर्मचारीहरूको ज्ञान, सीप र अनुभव विकास गर्ने तालिम तथा क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्ने योजनासमेत गरिएको छ।
यससँगै ग्लोबल आईएमई बैंक र नास–आईटीको नवस्थापित दिगो कोषमा सहयोग गर्ने पहिलो दिगो साझेदार बनेको छ।

प्रकाशित: २० कार्तिक २०८२ १६:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast