जेनजी प्रदर्शन निरन्तर, बारा प्रशासनद्वारा दिउँसो १ देखि साँझ ८ सम्म कर्फ्यु

हिमाल प्रेस ४ मंसिर २०८२ १३:४१ | Thursday, November 20, 2025
12
SHARES
जेनजी प्रदर्शन निरन्तर, बारा प्रशासनद्वारा दिउँसो १ देखि साँझ ८ सम्म कर्फ्यु

काठमाडौँ- जिल्ला प्रशासन कार्यालय बाराले सिमरा विमानस्थल आसपासका क्षेत्रमा आज पनि कर्फ्यु आदेश जारी गरेको छ। बुधबार नेकपा एमालेका कार्यकर्ता र जेनजी प्रदर्शनकारीबीच झडप भएको थियो। झडपपछि प्रशासनले कर्फ्यु आदेश जारी गरेको थियो।

जेनजी युवामाथि कुटपिट गर्नेलाई कारबाहीको माग गर्दै जेनजीले प्रदर्शन जारी राखेपछि थप जनधनको क्षति हुन नदिन कर्फ्यु आदेश जारी गरिएको प्रशासनले जनाएको छ।

प्रशासनद्वारा आज दिउँसो १ बजेदेखि साँझ ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी भएको छ।

प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रद्वारा जारी आदेशअनुसार कुनै पनि व्यक्ति तोकिएको क्षेत्रभित्र आवतजावत गर्न, भेला वा जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न पाउने छैनन्।

‍विरगन्ज-पथलैया सडक खण्डको पथलैया चोक दक्षिणदेखि जितपुर लल्का पुलसम्म राजमार्गको दायाँबायाँ ५०० मिटरसम्म र सिमरा विमानस्थलको ५ सय मिटर वरपर कर्फ्यु आदेश लागु हुनेछ।

प्रकाशित: ४ मंसिर २०८२ १३:४१ | Thursday, November 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast