प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन नपाएपछि जेनजी समूहहरू आक्रोशित

हिमाल प्रेस ८ मंसिर २०८२ १८:४६ | Monday, November 24, 2025
8
SHARES
प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन नपाएपछि जेनजी समूहहरू आक्रोशित

काठमाडौँ– प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापन पत्र बुझाउन नपाएपछि विभिन्न जेनजी युवा समूहहरू आक्रोशित भएका छन्।

प्रधानमन्त्रीको सचिवालयमा आफन्त र नातेदारलाई नियुक्ति दिएको विरोधमा प्रधानमन्त्री कार्कीलाई ज्ञापत्र पत्र बुझाउन उनीहरू सोमबार प्रधानमन्त्री कार्यालय पुगेका थिए। तर प्रधानमन्त्रीलाई प्रत्यक्ष भेट्न नपाएपछि उनीहरू आक्रोशित भएका हुन्।

प्रधानमन्त्री कार्यालयको गेटमा विभिन्न समूहका जेनजी युवाहरूको भीड बढेपछि प्रधानमन्त्रीका प्रमुख सल्लाहकार अजयभद्र खनालले उनीहरूको मागका बारेमा जानकारी लिएका थिए। खनालले प्रधानमन्त्रीको सचिवालयमा आफन्त र नातेदारलाई नियुक्ति दिएको विषयमा आएको समाचारहरूमा पूर्ण सत्यता नरहे पनि केही सत्यता रहेको बताएका थिए। जेनजीले उठाएका माग जायज रहेकाले त्यसमा छलफल गर्ने आश्वासन दिएका छन्।

जेनजी युवा समूहहरूले भने प्रधानमन्त्रीले नै आफूहरूको कुरा सुन्नुपर्ने अडान राखेका थिए। आफूलाई भेट्न जेनजी युवाहरू मुख्य गेटमा पुगे पनि प्रधानमन्त्री कार्की भने मन्त्रिपरिषद् बैठक सकेर बाहिरिएकी थिइन्।

प्रकाशित: ८ मंसिर २०८२ १८:४६ | Monday, November 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast