नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालगायत। तस्बिरः माधवप्रसाद घिमिरे/रासस
                                            काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको १५औं महाधिवेशन पुस १६ देखि १९ गतेसम्म गर्ने प्रस्ताव गरेका छन्। केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा उनले सो मितिमा महाधिवेशन गर्ने प्रस्ताव प्रस्तुत गरेका हुन्।
यसअघि सोमबार नयाँ बानेश्वरमा बसेको कांग्रेस संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेलाले भने आगामी वैशाख २५ देखि २८ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव अघि सारेको थियो।
संस्थापन इतर नेताहरूले प्रतिनिधिसभा निर्वाचनअघि नियमित वा विशेष महाधिवेशन बोलाउनुपर्ने माग गर्दै आएका छन्।
उनीहरूले विशेष महाधिवेशन आह्वानको समर्थनमा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइसकेका छन्।
                            प्रकाशित: १८ कार्तिक  २०८२ १५:०६ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             
                                             

