फ्रेन्च दूतावासद्वारा राधा पौडेल फाउन्डेसनलाई चार हजार युरो अनुदान

हिमाल प्रेस २९ कार्तिक २०८२ २१:३० | Saturday, November 15, 2025
फ्रेन्च दूतावासद्वारा राधा पौडेल फाउन्डेसनलाई चार हजार युरो अनुदान

काठमाडौँ- नेपालस्थित फ्रेन्च दूतवासाले ‘नेपालमा लैङ्गिक आधारित हिंसा रोकथामका लागि महिनावारी सम्मानमा युवा नेतृत्व सुदृढीकरण’ शीर्षकको परियोजनालाई सहयोग गर्न धारा पौडेल फाउन्डेसनलाई चार हजार युरो अनुदान प्रदान गर्ने घोषणा गरेको छ।

सन् २०२६ जनवरीदेखि डिसेम्बरसम्म सञ्चालन हुने परियोजनाका लागि दूतावासले यो अनुदान घोषणा गरेको हो। परियोजनाले महिनावारी सम्मानसम्बन्धी नेतृत्व विकासमार्फत सबै तहमा देखिने असमानता न्यूनीकरण गर्ने उद्देश्य राखेको दूतावासले जनाएको छ।

नेपालका लागि फ्रान्सकी राजदूत भर्जिनी कोर्तेभालले यो पहलले महिला र किशोरीहरूको अधिकारलाई प्राथमिकतामा राख्ने फ्रान्सको नारीवादी कूटनीतिक रणनीतिलाई प्रतिबिम्बित गरेको बताइन्।

उनले यो परियोजना नेपालमा लैङ्गिक समानता प्रवद्र्धन गर्ने फ्रान्सको दीर्घकालीन प्रतिवद्धताको निरन्तरता रहेको उल्लेख गरेकी छन्।

दूतावासले राधा पौडेल फाउन्डेसनलाई प्रदान गरेको सहयोगले महिला तथा किशोरीको अधिकार प्रवद्र्धनमा प्रतिवद्ध रहेको जनाएको छ।

प्रकाशित: २९ कार्तिक २०८२ २१:३० | Saturday, November 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast