निर्वाचनको वातावरण बनाउन सरकार र दलहरूलाई पूर्वराष्ट्रपति यादवको आग्रह

हिमाल प्रेस २४ कार्तिक २०८२ १८:५८
2
SHARE
निर्वाचनको वातावरण बनाउन सरकार र दलहरूलाई पूर्वराष्ट्रपति यादवको आग्रह

काठमाडौँ- पूर्वराष्ट्रपति डा. रामवरण यादवले मुलुकमा निर्वाचनको वातावरण बनाउन सरकार र राजनीतिक दलहरुलाई आग्रह गरेका छन्।

सोमबार गणेशमान सिंह तथा सहिद स्मृति शान्ति प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले अहिलेको अवस्थामा निर्वाचनमात्रै एक मात्र विकल्प भएकाले निर्वाचनको वातावरण बनाउन सरकार र राजनीतिक दलहरूलाई आग्रह गरेका हुन्।

उनले अहिलेको संविधानलाई बचाएर अघि बढ्न समेत प्रधानमन्त्रीलाई सुझाव दिएको जिकिर गरे। यादवले जेनजी आन्दोलनमा क्रममा भएको घुसपैठका कारण ठूलो क्षति भएको भन्दै निष्पक्ष छानविन गर्दै दोषीमाथि कारबाही हुनुपर्नै धारणा राखे।

उनले दुई पटक संसद् विघटन गर्ने एमालेसँग सत्ता साझेदारी गरेर कांग्रेसले गलत काम गरेको र त्यसका कारण संसदीय प्रणालीमाथि नै प्रहार भएको टिप्पणी गरे।

अहिलेको अवस्थामा देश र जनताले कांग्रेसलाई नजिकबाट नियालिरहेको भन्दै यादवले केन्द्रीय समितिबाट निर्वाचनको पक्षमा निर्णय लिन सुझाव दिए।

गणेशमान सिंहको १११ औं जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा लोकतान्त्रिक आन्दोलनका योद्धा एवं वरिष्ठ पत्रकार विष्णु निष्ठुरीलाई जनआन्दोलन स्वर्ण पदकले सम्मान गरिएको थियो।

प्रकाशित: २४ कार्तिक २०८२ १८:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast