ब्राजिलका पूर्वराष्ट्रपति बोल्सोनारोलाई २७ वर्ष जेल सजाय

हिमाल प्रेस १० मंसिर २०८२ १६:५१ | Wednesday, November 26, 2025
10
SHARES
ब्राजिलका पूर्वराष्ट्रपति बोल्सोनारोलाई २७ वर्ष जेल सजाय

काठमाडौँ- ब्राजिलका पूर्वराष्ट्रपति जाइर बोल्सोनारोलाई जेल सजाय सुनाइएको छ। ब्राजिलको सर्वोच्च अदालतले पूर्वराष्ट्रपति जाइरलाई २७ वर्ष ३ महिनाको जेल सजाय सुरू गर्न आदेश दिएको हो।

सत्ता परिवर्तनको योजना बनाएको तथा आफ्ना वामपन्थी प्रतिद्वन्द्वी लुला दा सिल्भाको हत्याको षडयन्त्रमा संलग्न रहेको आरोपमा उनी दोषी ठहर भएका हुन्।

‘यो मुद्दामा अन्तिम फैसला आइसकेको छ र अब यसपछि कुनै पनि प्रकारको अपिल सम्भव छैन,’ न्यायाधीश एलेक्जेन्द्रे दे मोरेसले भने।

७० वर्षीया जाइर राजधानी ब्रासिलियाको जेलमा आफ्नो सजाय काट्न थालेका छन्। उनी शनिबारदेखि हिरासतमा छन्।

घरमै नजरबन्दमा रहेका बेला उनले आफ्नो ‘सर्भेलेन्स मोनिटर’ हटाएपछि उनी हिरासतमा परेका थिए। पछि उनले मोनिटर खोल्ने प्रयास गरेको स्वीकार गरे, तर आफू भाग्ने तयारीमा नरहेको उनको दाबी छ।

न्यायाधीश मोरेसले आदेशमा जाइरलाई पूर्णसमयको स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्ने उल्लेख गरेका छन्। उनको उपचारमा संलग्न चिकित्सकहरूले जाइरको स्वास्थ्य अवस्थाबारे चिन्ता व्यक्त गरेका छन्।

प्रकाशित: १० मंसिर २०८२ १६:५१ | Wednesday, November 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast