निर्वाचनमा प्रतिस्पर्धा गर्ने बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको घोषणा

हिमाल प्रेस १७ कार्तिक २०८२ २०:२९
14
SHARES
निर्वाचनमा प्रतिस्पर्धा गर्ने बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको घोषणा

काठमाडौँ– बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाले आगामी फेब्रुअरीमा हुने निर्वाचनका लागि उम्मेदवारी दिने बताएकी छन्।

दशकौँदेखि देशको अशान्त शक्ति संघर्षमा एक प्रभावशाली व्यक्तित्व रहँदै आएकी ८० वर्षीया जियालाई उनको बंगलादेश नेसनलिस्ट पार्टीमा निर्वाचनको नेतृत्व गर्ने अग्रपंक्तिको नेताका रूपमा हेरिएको छ।

उनको सहभागिताको घोषणा बीएनपीका वरिष्ठ नेता मिर्जा फखरुल इस्लाम आलमगिरले गरेकी हुन् भने उनले देशका तीन निर्वाचन क्षेत्रमा चुनाव लड्ने बताइएको छ।

सन् २०२४ को अगस्तमा भएको जनविद्रोहबाट सत्ताच्युत भएकी उनको लामो समयदेखिको प्रमुख प्रतिद्वन्द्वी शेख हसिनाको नेतृत्वमा वर्षौँ जेल सजाय भोगेकी सम्झौताहीन नेतृको स्वास्थ्य निकै कमजोर रहेको छ।

तीन पटक बंगलादेशको नेतृत्व गरेकी जियालाई हसिनाको सरकारले सन् २०१८ मा भ्रष्टाचारको आरोपमा जेल चलान गरेको थियो। हसिनालाई सत्ताबाट हटाइएको केही समयपछि नै उनी गत वर्ष रिहा भएकी थिइन्।

उनका छोरा ५९ वर्षीय तारिक रहमान (तारिक जिया) पनि सन् २००८ देखि बेलायतमा रहँदै आएका छन्।

हसिनाको पतनपछि रहमानलाई उनीविरुद्धको सबैभन्दा गम्भीर आरोपबाट मुक्त गरिएको छ। हसिनाको र्‍यालीमा सन् २००४ मा भएको ग्रिनेड आक्रमणको आरोपमा उनलाई आजीवन कारावासको सजाय सुनाइएको थियो।

दशकौँदेखि बंगलादेशको राजनीति जिया र हसिनाबीचको कटु प्रतिद्वन्द्विताले परिभाषित गर्दै आएको छ, जसलाई ‘ब्याटल अफ द बेगम्स’ भनिन्छ।

सन् १९७५ मा हसिनाका पिता, स्वतन्त्रता नेता शेख मुजिबुर रहमान र उनको परिवारका अधिकांश सदस्यको ‘कू’ मा भएको हत्यापछि यो प्रतिद्वन्द्विता देखिन थालेको हो।

मुजिबुर रहमानको हत्याको तीन महिनापछि जियाका श्रीमान् तत्कालीन उपसेना प्रमुख जियाउर रहमानले सत्ता आफ्नो नियन्त्रणमा लिएका थिए। उनी सन् १९७७ मा राष्ट्रपति बनेका थिए। उनलाई पनि सन् १९८१ मा हत्या गरिएको थियो।

त्यसबेला दुई सन्तानकी आमा रहेकी ३५ वर्षीया जियाले बीएनपीको नेतृत्व विरासतमा पाएकी थिइन्।

सुरुमा सिकारु राजनीतिक नेताका रूपमा नेतृत्वमा आएकी जिया पछि हसिनाको एक शक्तिशाली प्रतिद्वन्द्वी साबित बनेकी थिइन्। उनले सैनिक तानाशाह हुसेन मुहम्मद इर्सादविरूद्ध आन्दोलनको नेतृत्व गर्दै सन् १९९० मा हसिनासँग मिलेर इर्सादलाई अपदस्थ गरेकी थिइन्।

त्यसपछि, अर्को डेढ दशकसम्म दुई महिलाहरू पालैपालो सत्तामा रहेका थिए।-रासस/एएफपी

प्रकाशित: १७ कार्तिक २०८२ २०:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast