नेपाल प्रहरीका पाँच डीआईजीलाई दर्ज्यानी चिह्न प्रदान

हिमाल प्रेस १७ कार्तिक २०८२ १९:१२
10
SHARES
नेपाल प्रहरीका पाँच डीआईजीलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ- नेपाल प्रहरीका पाँच प्रहरी नायव महानिरीक्षकलाई आज (सोमबार) दर्ज्यानी चिह्न प्रदान गरिएको छ।

नेपाल सरकार गृहमन्त्रीस्तरको आज कात्तिक १७ गतेको निर्णयअनुसार प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नति भएका पाँच प्रहरी नायव महानिरीक्षकलाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो।

प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच उनीहरूलाई दर्ज्यानी चिह्न प्रदान गरे। दर्ज्यानी चिह्न प्राप्त गर्ने प्रहरी नायव महानिरीक्षकहरूमा भूपेन्द्रबहादुर खत्री, सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, शेखर खनाल र अबिनारायण काफ्ले छन्।

सो समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक खापुङले दर्ज्यानी चिह्न प्राप्त गरेका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे। उनले आ-आफ्नो स्थानबाट व्यावसायिक, इमानदार एवं कर्तव्यनिष्ठ प्रहरीको छवि बनाउने गरी दृढतापूर्वक काम गर्न प्रहरी अधिकृतहरूलाई निर्देशन दिए।

प्रकाशित: १७ कार्तिक २०८२ १९:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast