यसपटकको नेपालगन्ज कनक्लेभमा फाइनप्रिन्ट पनि

हिमाल प्रेस २८ कार्तिक २०८२ १८:०७
6
SHARES
यसपटकको नेपालगन्ज कनक्लेभमा फाइनप्रिन्ट पनि

नेपालगन्ज- नेपालगन्ज कनक्लेभका अवसरमा यस वर्ष फाइनप्रिन्ट फिभर पनि सँगै हुँदैछ। नेपालगन्ज डिस्कोर्षको पाँचौं श्रृंखला आउँदो ५ मंसिरमा हुँदैछ। कनक्लेभमा पुस्तक र साहित्य सम्बन्धि सेसनहरु फाइनप्रिन्ट फिभरमार्फत हुने नेपालगन्ज कनक्लेभका निर्देशक जनक नेपालले बताए।

उनका अनुसार अर्थ, सामाजिक र राजनीति सेसनहरुसँगै सिनेमा संवाद कनक्लेभका नियमित सेसनकै रुपमा सञ्चालन हुनेछन्। कनक्लेभमा वरिष्ठ अभिनेता राजेश हमालसँग पत्रकार पवन आचार्यले संवाद गर्नेछन्।

हमालको यस वर्ष ‘युगदेखि युगसम्म’ पुस्तक प्रकाशित छ। त्यस्तै, जेनजी विद्रोहपछिको नेपालः अन्यौल र अवसर, नेपालगन्ज: आर्थिक राजधानीको नारा र सम्भावना, डिजिटल युगको दोधार : प्रविधि वरदान कि अभिशाप लगायतका सेसनहरु तय भएका छन्।

कनक्लेभको अघिल्लो दिन ४ मंसिरमा पनि खेलकुद र खेल डकुमेन्ट्रीसहित सदभावको सहरबारे बहस हुनेछ भने भोलिपल्ट ६ मंसिर शनिबार ११औं धारा नेपालगन्ज म्याराथन हुनेछ। त्यस्तै फाइनप्रिन्ट फिभरमा स्वस्पर्श कृतिका लेखक डा. नवराज केसी, चमेलीको फूल बैजनी रुमाल कृतिका लेखक सुबिन भट्टराई र ज्ञानिका कृतिका लेखक ददि सापकोटा सहभागी हुँदैछन्।

फाइनप्रिन्ट फिभर नारायणगढबाट सुरु भएर पोखरामा सम्पन्न भइसकेको छ। यही कात्तिक २९ मा सुर्खेतमा हुँदैछ। यसपछि नेपालगन्ज कनक्लेभसँगै फिभर हुन लागेको हो।

अरू सहरमा पनि फिभर आयोजना गर्ने आयोजकको योजना छ। यसअघि फाइनप्रिन्ट फिभर २०७५ वैशाखमा धनगढी, नेपालगन्ज र सुर्खेतमा आयोजना गरिएको थियो। त्यसपछि पोखरामा २०७७ सालमा गरिएको फाइनप्रिन्ट फिभर त्यसपछि २०७७ सालमा नवलपुरको हर्कपुरस्थित उन्नति कल्चरल भिलेजमा आयोजना गरिएको थियो।

प्रकाशित: २८ कार्तिक २०८२ १८:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast