महिला भलिबल टोलीको बिदाइ

हिमाल प्रेस १५ कार्तिक २०८२ १७:००
8
SHARES
महिला भलिबल टोलीको बिदाइ

काठमाडौँ- काभा यू–१९ च्याम्पियनसिपका लागि श्रीलंका जाने नेपाली राष्ट्रिय महिला भलिबल टोलीलाई बिदाइ गरिएको छ।

शनिबार नेपाल भलिबल संघले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रमकाबीच खेलकुद मन्त्री बब्लु गुप्ता र संघका पदाधिकारीले राष्ट्रिय महिला यू–१९ भलिबल टोलीलाई बिदाइ गरेका हुन्।

कार्यक्रममा मन्त्री गुप्ताले राष्ट्रिय खेलकुद भलिबलको राष्ट्रिय कोर्ट नरहेकाले भलिबल कोर्ट बनाउन जग्गा खोज्ने कामका लागि छलफल भइरहेको जानकारी दिए।

त्यस्तै उनले विभिन्न खेलमा अन्तर्राष्ट्रिय पदक प्राप्त गर्ने खेलाडीलाई राज्यले दिन नगद पुरस्कारमा लाग्ने २५ प्रतिशत कर हटाउने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारी भइरहेको बताए।

खेलकुद विकास कोषमा कम्पनीहरुले आफ्नो सीएसआरबाट १ प्रतिशत अनिवार्य योगदान गर्नुपर्ने प्रस्ताव समेत अर्थ मन्त्रालयले आगामी मन्त्रिपरिषद्मा लैजाने उनले उल्लेख गरे।

त्यस्तै उनले सबै खेलका खेलाडीहरुलाई परिचय पत्र वितरण गर्ने तयारी समेत आफूले गरेको बताए।

नेपाली राष्ट्रिय महिला यु–१९ भलिबल टोलीले जेनिशा विश्वकर्माको कप्तानीमा कार्तिक १८ देखि २३ सम्म श्रीलंकाको कोलम्बोमा काभा यु–१९ च्याम्पियनसिप खेल्ने छ। नेपाली टोली आइतबार त्यसतर्फ प्रस्थान गर्ने भलिबल संघले जनाएको छ।

प्रकाशित: १५ कार्तिक २०८२ १७:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast