सुरक्षा पन्त अभिनीत ‘धागो’ काे ट्रेलरमा पारिवारिक कथा

हिमाल प्रेस १६ कार्तिक २०८२ १३:२८
10
SHARES
सुरक्षा पन्त अभिनीत ‘धागो’ काे ट्रेलरमा पारिवारिक कथा

काठमाडौँ- नेपाली फिल्म ‘धागो’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरमा परिवारमा आर्थिक समस्याका कारण सिर्जित दैनिक समस्या र त्यससँग जुध्न गरिएको संघर्ष देखाइएको छ।

उदिप राणा थापा निर्देशित फिल्मले विशेषत्ः नेपाल र भारतको सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाली परिवारहरूको जीवनकथा प्रस्तुत गरेको निर्माण टिमको दाबी छ।

परिवारको सांस्कृतिक सम्बन्ध र आपसी भावनालाई धागो संज्ञा दिइएको निर्देशक थापाले बताए। उनकाअनुसार फिलमले एक परिवारभित्र सम्बन्धको धागो कमजोर भएपछि उत्पन्न हुने संवेदनशील परिस्थितिलाई प्रतिबिम्बित गर्नेछ।

फिल्ममा अभिनेत्री सुरक्षा पन्त मुख्य भूमिकामा छिन्। अन्य पात्रहरूमा प्रभात थापा, सुरभि थापा, बुद्धि तामाङ, सुनिल थापालगायतका कलाकारको अभिनय छ। अभिनेत्री वर्षा राउत विशेष भूमिकामा देखिनेछिन्। फिल्म यही कार्तिक २८ मा नेपाल र भारतमा एकसाथ प्रदर्शन हुनेछ।

म्याग्नेट इन्टरटेन्मेन्ट प्रोडक्सन हाउसले निर्माण गरेको फिल्ममा उमा थापा, उत्तम थापा र उदिप थापाले लगानी गरेका छन्। फिल्म बलिउडका अनिकेर एम. घोघले छायांकन गरेका हुन्।

यस्ताे छ ट्रेलर

प्रकाशित: १६ कार्तिक २०८२ १३:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast