काठमाडौँ- इन्डोनेसियाको राजधानी जाकार्तास्थित एक सरकारी विद्यालय परिसरभित्रको मस्जिदमा भएको विस्फोटमा दर्जनौँ मानिस घाइते भएका छन्। यो विस्फोट शुक्रबारको नमाज पढ्ने क्रममा भएको हो।
जाकार्ता प्रहरी प्रमुख असेप ऐदी सुहेरीलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार विस्फोटमा परी घाइते भएका ५४ जनालाई अस्पतालमा भर्ना गरिएको छ। घाइतेमध्ये केहीलाई गम्भीर चोट लागेको बताइएको छ।
अधिकारीहरूका अनुसार विस्फोट गराउने संदिग्ध व्यक्ति १७ वर्षका विद्यार्थी हुन्, जसको शल्यक्रिया गरिएको छ। विस्फोटमा संलग्न शंकास्पद व्यक्तिबारे थप जानकारी संकलन गर्ने र घटनाको उद्देश्य पत्ता लगाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
विस्फोट उत्तर जाकार्ताको केलापा गाडिङ क्षेत्रमा भएको बताइएको छ।
प्रकाशित: २१ कार्तिक २०८२ २१:१० | Friday, November 7, 2025
प्रतिक्रिया





