मोन्था बाहिरिए पनि आज पनि छ वर्षाको सम्भावना

हिमाल प्रेस १६ कार्तिक २०८२ ६:४४
24
SHARES
मोन्था बाहिरिए पनि आज पनि छ वर्षाको सम्भावना फाइल तस्बिर

काठमाडौँ- नेपालमा हाल पश्चिमी वायू र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। बंगालको खाडीबाट आएको मोन्था चक्रवात भने बाहिरिएको छ।

आइतबार देशभर आंशिकदेखि साधारतया बदली रहेको छ। बिहान कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका विभिन्न भूभागहरुमा छिटपुटदेखि हल्का वर्षा भएको छ।

दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा साधारणतया बदली रही मधेश प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने तथा बाँकी भूभागमा मौसम मूख्यतया सफा रहने महाशाखाले जनाएको छ।

दिउँसो कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा हल्का वर्षारहिमपातको सम्भावना रहेको छ ।

आइतबार राति कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम मूख्यतया सफा रहने छ ।

राति कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रकाशित: १६ कार्तिक २०८२ ६:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast