ईयू–नेपाल संयुक्त आयोगको बैठक ब्रुसेल्समा सम्पन्न

हिमाल प्रेस १३ मंसिर २०८२ १९:०३ | Saturday, November 29, 2025
ईयू–नेपाल संयुक्त आयोगको बैठक ब्रुसेल्समा सम्पन्न

काठमाडौँ- युरोपेली संघ र नेपालबीचको १६ औँ संयुक्त आयोगको बैठक शुक्रबार ब्रसेल्समा सम्पन्न भएको छ।

बैठकमा दुवै पक्षले राजनीतिक सम्बन्ध, व्यापार, विकास सहयोग, जलवायु परिवर्तन, शरणार्थी तथा आप्रवासनलगायतका विषयमा छलफल गरेका थिए।

बैठकमा नेपालको लोकतन्त्र सुदृढीकरण, सुशासन, भ्रष्टाचार नियन्त्रण र सेवा प्रवाहमा सुधारलगायतका विषयमा छलफल भएको थियो।

दिगो विकास लक्ष्य र जलवायु परिवर्तन न्यूनीकरणका प्रयासहरूमा युरोपेली संघले निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो। त्यस्तै संक्रमणकालीन न्याय विधेयक चाँडै टुंग्याउने नेपालको प्रतिबद्धतालाई स्वागत गर्दै युरोपेली संघको निरन्तर सहयोग रहने जनाएको छ।

युरोपेली संघले महिला सशक्तिकरण, लैङ्गिक समानता र कोप ३० मा नेपालको सक्रिय सहभागिताका लागि जोड दिएको ब्रसेल्सस्थित नेपाली दूतावासले जनाएको छ। दूतावासले जनाएअनुसार दुवै पक्षले आपसी हितका विषयमा नियमित संवादलाई निरन्तरता दिने र द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिवद्धता व्यक्त गरेका छन्।

प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र अमृतबहादुर राईले गरेका थिए भने युरोपेली संघको तर्फबाट एसिया तथा प्रशान्त क्षेत्रकी प्रबन्ध निर्देशक पाउला पिम्पलाउन रहेकी थिइन्।

प्रकाशित: १३ मंसिर २०८२ १९:०३ | Saturday, November 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast