बालविकासबारे शिक्षा तथा मानव स्रोत विकास केन्द्रको यस्तो नमुना सार्वजनिक

हिमाल प्रेस ७ मंसिर २०८२ १३:२३ | Sunday, November 23, 2025
1.0k
SHARES
बालविकासबारे शिक्षा तथा मानव स्रोत विकास केन्द्रको यस्तो नमुना सार्वजनिक

काठमाडौँ- शिक्षा तथा मानव स्रोत विकास केन्द्रले देशका हिमाल, पहाड र तराई क्षेत्रमा सञ्चालन भइरहेका प्रारम्भिक बालविकास तथा शिक्षा (ईसीडी/प्रि–प्राइमरी) कक्षाका लागि समावेशी ड्रइङ डिजाइनका नमुनाहरू सार्वजनिक गरेको छ।

नवीनतम डिजाइनमा उद्देश्य, प्रक्रिया, सैद्धान्तिक अवधारणा, हालका कक्षाकोठाको अवस्था, नयाँ भवनका लागि नमुना योजना तथा ड्रइङ डिजाइनको प्रयोगसम्बन्धी मार्गदर्शन समेटिएका छन्। केन्द्रका अनुसार यी नमुनाहरूले प्रारम्भिक बालविकास कक्षालाई थप व्यवस्थित, बालमैत्री र सिकाइमैत्री बनाउन मद्दत गर्नेछन्।

केन्द्रले जारी गरेको परिचयात्मक विवरणअनुसार गुणस्तरीय प्रारम्भिक बालविकास तथा शिक्षाले बालबालिकाको शारीरिक, बौद्धिक, भाषिक, सामाजिक तथा संवेगात्मक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँछ। बालमैत्री भौतिक वातावरण नहुँदा धेरै कक्षामा राष्ट्रिय न्यूनतम मापदण्डहरू पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको केन्द्रको निष्कर्ष छ।

प्रारम्भिक बालविकास केन्द्रका लागि २०६७ मा जारी तथा २०७५ मा संशोधित राष्ट्रिय न्यूनतम मार्गदर्शक पुस्तिका ले कक्षालाई बालकेन्द्रित र क्रियाकलापमुखी बनाउन निर्देशन दिँदै आएको छ। तर धेरै कक्षामा सामग्री हुँदाहुँदै पनि उचित व्यवस्थापनको अभाव रहेको उल्लेख गर्दै केन्द्रले नमुना डिजाइनहरूलाई समाधानका रूपमा अघि ल्याएको हो।

यी डिजाइनहरूले कक्षाकोठा व्यवस्थित बनाउँदै सिकाइमैत्री वातावरण सिर्जना, मापदण्ड अनुरुप कार्यान्वयन, गुणस्तर कायम गर्ने तथा दीगो कार्यान्वयनका लागि आवश्यक नियामक ढाँचा बनाउन सहयोग गर्ने केन्द्रले जनाएको छ।

 

प्रकाशित: ७ मंसिर २०८२ १३:२३ | Sunday, November 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast