दुर्गा प्रसाईका सुरक्षागार्ड पनि पक्राउ

हिमाल प्रेस ४ मंसिर २०८२ ७:३५
4
SHARES
दुर्गा प्रसाईका सुरक्षागार्ड पनि पक्राउ

काठमाडौँ- नागरिक बचाउ महाअभियानका अध्यक्ष तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईका निजी सुरक्षागार्ड दीपक खड्कालाई पनि प्रहरीले पक्राउ गरेको छ।

मंगलबार प्रसाईलाई भेट्न पुगेका खड्कासहित ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो। यी मध्ये ८ जनालाई छोडेर खड्कालाई भने हिरासतमै राखिएको थियो। उनीविरुद्ध अभद्र व्यवहारमा म्याद लिएर अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

प्रसाईलाई प्रहरीले सोमबार राति उनकै निवासबाट पक्राउ गरेको थियो। उनीमाथि सार्वजनिक शान्तिमा खलल पुर्‍याएको आरोपमा जिल्ला प्रशासन काठमाडौँबाट ४ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ।

प्रसाई नेतृत्वको नागरिक बचाउ महाअभियानले मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको छ। आन्दोलन अघि नै उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रकाशित: ४ मंसिर २०८२ ७:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast