डा. मुरारी अधिकारीको साधना ग्रन्थ ‘सत्य गीता’ सार्वजनिक

हिमाल प्रेस ११ मंसिर २०८२ १२:१८ | Thursday, November 27, 2025
16
SHARES
डा. मुरारी अधिकारीको साधना ग्रन्थ ‘सत्य गीता’ सार्वजनिक

काठमाडौँ- डा. मुरारी अधिकारीको पुस्तक ‘सत्य गीता’ सार्वजनिक गरिएको हो। पुस्तक गीतामोक्ष साधना ग्रन्थमा आधारित छ।

यसले मानिसको मनमा जन्मजन्मान्तरदेखि संग्रह भएका त्रिगुणी संस्कारहरू र म भावबाट अज्ञानलाई नष्ट गरेर समानान्तर रुपमा मनको समत्त्वको विस्तार गर्दै परमात्मासँग कसरी योग वा मोक्ष प्राप्त गर्न सकिन्छ भन्ने साधना विद्या प्रदान गरेको छ।

लेखकले करिब १८ वर्षको अध्ययन, साधना, साधना अनुभूति आदिबाट यो पुस्तक तयार पारिएको बताएका छन्। पुस्तकमा करिब ५२ सय वर्षको लामो समयपश्चात गीताको सत्य साधनाको व्याख्या पनि गरिएको लेखक अधिकारीले जानकारी दिए। ‘यो पुस्तकको स्व-अध्ययन गरेर पाठकले सत्यसँग परिचित हुन सक्नुहुनेछ,’ उनले भने।

यस पुस्तकलाई शिखा बुक्सले प्रकाशन गरेको हो। यसको मूल्य १३ सय ७५ रुपैयाँ तोकिएको छ।

यसअघि लेखक अधिकारीले ‘धर्मचक्र प्रवर्तन सुत्त’, ‘महासतिपठ्ठान सुत्त’, ‘विवेक चुडामणि’ र ‘विपश्यना साधना’लगायत कृति प्रकाशित भइसकेको छ।

प्रकाशित: ११ मंसिर २०८२ १२:१८ | Thursday, November 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast