नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट

हिमाल प्रेस २६ कार्तिक २०८२ १६:४० | Wednesday, November 12, 2025
10
SHARES
नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट

काठमाडौँ– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको छ। आज नेप्से परिसूचक २० दशमलव ५६ अंकले घटेर दुई हजार ५४४ दशमलव ५९ को विन्दुमा कायम भएको छ।

आज ३२१ कम्पनीका ८४ लाख चार हजार ६१६ कित्ता शेयर ६६ हजार ८२४ पटक खरिदबिक्री हुँदा तीन अर्ब ८४ करोड ८५ लाख ८६ हजार ४११ दशमलव ६७ मूलय बारबरको कारोबार भएको छ।

आजको कारोबारमा उत्पादन तथा प्रशोधन समूहबाहेक अरु सबै समूहको उपसूचक घटेका छन्।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको ४० करोड ३४ लाख तीन हजार ५४२ दशमलव ६० मूल्य बराबरको र शेयर संख्याका आधारमा सबैभन्दा बढी राधी विद्युत् कम्पनीको दुई लाख ९४ हजार ७९६ कित्ता शेयर किनबेच भएको छ।

प्रकाशित: २६ कार्तिक २०८२ १६:४० | Wednesday, November 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast