नेसपाको बैठकमा पार्टी एकताका विषयमा छलफल

हिमाल प्रेस ६ मंसिर २०८२ १९:४३ | Saturday, November 22, 2025
20
SHARES
नेसपाको बैठकमा पार्टी एकताका विषयमा छलफल

काठमाडौँ– आइतबार हुने पार्टी एकताका विषयमा छलफल गर्न नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को विशेष महाधिवेशन आयोजक समितिको पूर्ण बैठक बसेको छ।

पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा बसेको आयोजक समितिको पूर्ण बैठकमा पार्टीका संस्थापक अध्यक्ष डा. बाबुराम भट्टराई, संयोजक दुर्गा सोबलगायतका नेताहरूले बैठकमा सम्बोधन गरेका थिए।

बैठकमा आइतबार हुने पार्टी एकताका विषयमा छलफल भएको पार्टीको केन्द्रीय सचिवालयले जनाएको छ।

आइतबार दिउँसो १२ः०० बजे राष्ट्रिय सभागृहमा बृहत् एकता घोषणासभाको आयोजना गरिएको छ।

प्रकाशित: ६ मंसिर २०८२ १९:४३ | Saturday, November 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast