गुण्डु अराजकताको जबाफ अनुशासनले दिनुपर्छ : राजन दाहाल

हिमाल प्रेस २८ कार्तिक २०८२ ११:०७ | Friday, November 14, 2025
34
SHARES
गुण्डु अराजकताको जबाफ अनुशासनले दिनुपर्छ : राजन दाहाल

काठमाडौँ- नेपाली कस्युनिस्ट पार्टीका नेता राजन दाहालले नेकपा एमालेको ‘गुण्डुको गुण्डागर्दी’ को जबाफ अनुशासनले दिनुपर्ने बताएका छन्।

उनले शुक्रबार भने,‘‘गुण्डुको गुण्डागर्दी’ देशभरि विस्तार भए थप सामाजिक अराजकता निम्त्याउँछ। अराजकताको जबाफ अराजकताबाट नभई अनुशासनले दिनुपर्छ।’

जेनजी आन्दोलनपछि एमाले अध्यक्ष केपी शर्मा ओली भक्तपुरस्थित गुण्डुमा बस्दै आएका छन्। एमाले निकट युवा संघले अध्यक्षको ओलीलाई सुरक्षा दिएको जनाएको छ।

ओलीको सुरक्षार्थ खटिएका संघका सदस्यहरू रातको समयमा पनि गुण्डु सडकमा देखिएका छन्। केही हप्ताअघि एमाले नेता महेश बस्नेतले एमाले र अध्यक्ष ओलीमाथि आइहाल्नेलाई ‘किमा’ बनाइदिने अभिव्यक्ति दिएका थिए।

प्रकाशित: २८ कार्तिक २०८२ ११:०७ | Friday, November 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast