सुरक्षा पन्त अभिनीत ‘धागो’ आजदेखि नेपाल र भारतमा एकसाथ प्रदर्शन

हिमाल प्रेस २८ कार्तिक २०८२ ११:०२ | Friday, November 14, 2025
6
SHARES
सुरक्षा पन्त अभिनीत ‘धागो’ आजदेखि नेपाल र भारतमा एकसाथ प्रदर्शन

काठमाडौँ- अभिनेत्री सुरक्षा पन्तको मुख्य भूमिका रहेको फिल्म ‘धागो’ आज बिहानदेखि प्रदर्शन भइरहेको छ। फिल्म नेपाल र भारतका सिनेमा घरहरूमा एकसाथ प्रदर्शन भएको निर्माण टिमले जनाएको छ।

टिमका अनुसार भारतका पहाडी क्षेत्र, सिलीगुडी, दार्जीलिङ, गान्तोक, कालिम्पोङ, कुरसाङ, डुवर्स जस्ता नेपाली भाषी दर्शक धेरै बसोबास गर्ने क्षेत्रमा प्रदर्शन गरिएको हो। यस्तै, नेपालमा क्युएफएक्स सिनेमा, वन सिनेमाज, आईएनआई सिनेमालगायत देशभरका हलमा सो पाएको छ।

उदिप राणा थापाको निर्देशनमा बनेको फिल्ममा नेपाल र भारतको सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपालीको भावनात्मक जीवन, आर्थिक चुनौती र सामाजिक यथार्थको कथा प्रस्तुत गरिएको छ।

अभिनेत्री सुरक्षाका साथै फिल्ममा प्रभात थापा, सुरभि थापा, बुद्धि तामाङ, सुनिल थापालगायत कलाकारको पनि अभिनय छ। अभिनेत्री वर्षा राउत विशेष केमियो भूमिकामा देखिएकी छन्। भारतको डुवर्स क्षेत्रमा छायांकन गरिएको फिल्म बलिउडका अनिकेर एम. घोघले छायांकन गरेका हुन्। फिल्म म्याग्नेट इन्टरटेन्मेन्ट प्रोडक्शन हाउसले निर्माण गरेको फिल्ममा उमा थापा, उत्तम थापा र उदिप थापाले लगानी गरेका छन्।

प्रकाशित: २८ कार्तिक २०८२ ११:०२ | Friday, November 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast