इन्डोनेसियामा बाढी र पहिरोका कारण मृत्यु हुनेको संख्या १६४ पुग्यो

हिमाल प्रेस १३ मंसिर २०८२ १६:५५ | Saturday, November 29, 2025
14
SHARES
इन्डोनेसियामा बाढी र पहिरोका कारण मृत्यु हुनेको संख्या १६४ पुग्यो

काठमाडौँ– इन्डोनेसियाको सुमात्रा टापुमा मंगलबार भएको मनसुनी वर्षाका कारण आएको बाढी र पहिरोमा परी ज्यान गुमाउनेको संख्या १६४ पुग्नुका साथै ७९ जना बेपत्ता मानिसहरूको खोजी जारी रहेको जनाइएको छ।

बाढीले सडकमा क्षति पुगेको उल्लेख गर्दै आवाश्क उपकरणको अभावका कारण उद्धारकर्मीहरूले कठिनाइको सामना गरिरहेको इन्डोनेसियाका अधिकारीहरूले विज्ञप्ति मार्फत जनाएका छन्।

इन्डोनेसियाको राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सी (बीएनपीबी) ले सुरुमा १७४ जनाको मृत्यु भएको रिपोर्ट गरेकोमा हाल मृतकको संख्या १६४ रहेको जनाएको छ।

एजेन्सीका प्रमुख सुहारियान्तोले पत्रकार सम्मेलनमा उत्तरी सुमात्रा प्रान्तमा मृतकको संख्या ११६ पुगेको र उद्धारकर्ताहरूले टापुको पश्चिममा २३ जनाको शव बरामद गरेको जानकारी दिए।

उनले उद्धार टोलीहरूले उत्तरी सुमात्राका १२ सहर र जिल्लाहरूमा प्रभावित क्षेत्रहरूमा पुग्न कठिनाइको सामना गरिरहेको पुष्टि गर्दै बाढीले १७ हजार भन्दा बढी घरहरू डुबानमा पर्दा लगभग २३ हजार मानिसहरु विस्थापित भएको जनाएका छन्।

उष्णकटिबन्धीय चक्रवात सिनियार्टले बढाएको मनसुनी वर्षाले मंगलबार उत्तरी सुमात्राका नदीहरूले खतराको सतह नाघेका थिए भने बाढीले धेरै पाहाडी गाउँहरू बगाएको छ।

बाढीका कारण तीन हजार २०० भन्दा बढी सरकारी घर तथा भवनहरू डुबानमा परेपछि लगभग उक्त स्थानमा आश्रय लिइरहेका तीन हजार परिवारसमेत विस्थापित भएको जनाइएको छ।

बाढीले धान बाली, गाईवस्तु र सार्वजनिक सुविधाहरू पनि नष्ट गरेपछि मानिसहरुको दिनचर्या नै तहस नहस बनाएको जनाइएको छ।-रासस/क्यूएनए

प्रकाशित: १३ मंसिर २०८२ १६:५५ | Saturday, November 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast