दलित आन्दोलनका नेता हस्तबहादुर विश्वकर्मा नेसपा नयाँ शक्तिमा प्रवेश

हिमाल प्रेस २७ कार्तिक २०८२ १५:३८ | Thursday, November 13, 2025
54
SHARES
दलित आन्दोलनका नेता हस्तबहादुर विश्वकर्मा नेसपा नयाँ शक्तिमा प्रवेश

काठमाडौँ- दलित आन्दोलनका स्थापित नेता हस्तबहादुर विश्वकर्मा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) मा आबद्ध भएका छन्।

दलित मुक्ति मोर्चाका संस्थापक अध्यक्ष, नेपाल समता पार्टीका संस्थापक उपाध्यक्ष, फोरम लोकतान्त्रिकका पूर्वकेन्द्रीय सदस्य तथा संयुक्त दलित शक्ति राष्ट्रिय मंचका संस्थापक अध्यक्षसमेत रहेका विश्वकर्मा लामो समयदेखि दलित आन्दोलनमा सक्रिय नेतृत्वका रूपमा परिचित छन्।

उनी नेसपा नयाँ शक्तिमा प्रवेश गरेको उक्त पार्टीले जनाएको छ। पार्टीले भन्याे,‘समानता र समृद्धिको यात्रामा अब हामी सँगसँगै अगाडि बढ्नेछौं।’

तीनकुनेस्थित नेसपा नयाँ शक्तिको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा नेसपा नयाँ शक्तिका पूर्वअध्यक्ष डा.बाबुराम भट्टराई, विशेष महाधिवेशन आयोजक समिति संयोजक दुर्गा सोब, नेता ईश्वर रिजाललगायतले विश्वकर्मालाई पार्टीमा स्वागत गरेका थिए।

प्रकाशित: २७ कार्तिक २०८२ १५:३८ | Thursday, November 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast