रौतहटको जय किसान माविका प्रधानाध्यापकसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

हिमाल प्रेस ३ मंसिर २०८२ १७:३० | Wednesday, November 19, 2025
30
SHARES
रौतहटको जय किसान माविका प्रधानाध्यापकसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको जय किसान माध्यमिक विद्यालयका प्रधानाध्यापक संजय प्रसाद र अरविन्द प्रकाश साह कानुसहित दुईजनामाथि घुस लिएको आरोपमा विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ। आयोगले आज विज्ञप्ति जारी गर्दै दुवै व्यक्तिलाई पक्राउपछि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जानकारी दिएको हो।

विद्यालयले शिक्षक आवश्यकतासम्बन्धी खुलाएको विज्ञापनमा दरखास्त दिएका सेवाग्राहीसँग प्रधानाध्यापक प्रसादले करार शिक्षक नियुक्ति दिलाइदिने बहानामा रु ४ लाख ५० हजार घुस मागेका थिए। सो रकम अरविन्द प्रकाश साह कानुमार्फत लिइसकेको अवस्थामा आयोगको टोलीले दुवैलाई रंगेहात नियन्त्रणमा लिएको थियो।

अनुसन्धानपछि प्रसादले रसायन विज्ञान विषयको प्रश्नपत्र उपलब्ध गरिदिने तथा करार नियुक्ति सुनिश्चित गरिदिने आश्वासन दिँदै मिलेमतोमा घुस असुलिएको तथ्य पुष्टि भएको आयोगले जनाएको छ।

आयोगले प्रधानाध्यापक संजय प्रसादमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ (१) अनुसार मुद्दा चलाइदै बिगो रु ४ लाख ५० हजार कायम गरी कैद तथा जरिवानाको सजाय मागदाबी गरेको छ। त्यस्तै, अरविन्द प्रकाश साह कानुमाथि सोही ऐनको दफा ३(२) अनुसार बिगो बराबरको जरिवाना तथा कैद सजायको मागदाबी गरिएको छ।

विज्ञप्ति

प्रकाशित: ३ मंसिर २०८२ १७:३० | Wednesday, November 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast