संघ र प्रदेश सरकारबीचको सहकार्य थप मजबुत बनाइन्छ : गृहमन्त्री

हिमाल प्रेस १२ मंसिर २०८२ १६:५४ | Friday, November 28, 2025
8
SHARES
संघ र प्रदेश सरकारबीचको सहकार्य थप मजबुत बनाइन्छ : गृहमन्त्री फाइल तस्बिर

काठमाडौँ– गृहमन्त्री ओमप्रकाश अर्यालले संघ र प्रदेश सरकारबीचको सहकार्यलाई थप मजबुद बनाइने बताएका छन्।

गृह मन्त्रालयमा शुक्रबार मधेश प्रदेशका गृह, कानुन तथा सञ्चारमन्त्री बिमला अन्सारीसँग भएको भेटमा उनले मधेश प्रदेशको सुरक्षा सुदृढ गर्न केन्द्र सरकार पूर्ण प्रतिबद्ध रहेको बताए।

भेटमा गृहमन्त्री अर्यालले प्रदेशको सुरक्षा व्यवस्थापनमा सहजता ल्याउन प्रहरी समायोजन ऐन कार्यान्वयनको प्रक्रियालाई शीघ्रता दिइने विश्वास दिलाए।

उनले तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउने सरकारको अटल प्रतिबद्धता पनि व्यक्त गरेको गृहमन्त्री अर्यालको सचिवालयले जनाएको छ।

सो क्रममा उनीहरूबीच समग्र मुलुकको शान्तिसुरक्षा, अपराध नियन्त्रण, प्रदेश–संघीय सुरक्षा समन्वयलगायतका पक्षलाई थप मजबुत बनाउने विषयमा छलफल भएको थियो।

प्रकाशित: १२ मंसिर २०८२ १६:५४ | Friday, November 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast