कमला पुलको निर्माण तिब्र गतिमा अगाडि बढाइन्छ : घिसिङ

हिमाल प्रेस ५ मंसिर २०८२ १४:५९ | Friday, November 21, 2025
12
SHARES
कमला पुलको निर्माण तिब्र गतिमा अगाडि बढाइन्छ : घिसिङ

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीमा निर्माणाधीन पुलको स्थलगत अनुगमन गरेका छन्।

ठेक्का सम्झौता भएको करिब १४ वर्ष पुग्दासमेत पुल निर्माण हुन नसकेको, पुल नबन्दा नागरिकले सास्ती खेप्नु परेको गुनासो आएपछि मन्त्री घिसिङले समस्या समाधानका लागि पुल निर्माणको अनुगमन गरेका हुन्।

यस क्रममा मन्त्री घिसिङले उक्त पुल समग्र मधेश क्षेत्रको विकासका लागि अत्यन्तै महत्वपूर्ण रहेकोले तिब्र गतिमा निर्माण कार्य अगाडी बढाइने प्रतिबद्धता जनाए।

विगतमा पुल निर्माणमा भएका अनियमितताको सम्बन्धमा सम्बन्धित निकायले छानविन गरिरहेकोमा दोषी देखिएकालाई कानुनबमोजिम कारबाही गरिने समेत उनले बताए। मन्त्री घिसिङले पुलको निर्माणका लागि बजटेको कमी हुन नदिने उल्लेख गरे।

तराई÷मधेशको लाइफ लाइनका रूपमा रहेको हुलाकी राजमार्गमा पर्ने कमला पुल निर्माणकै क्रममा १७ असार २०७८ मा कमला नदीमा आएको बाढीले दुईवटा जग भासिएर ४ वटा स्लावमा क्षति पुगेको थियो। क्षति पुगेका स्लावमध्ये २ वटा हटाइएको छ भने २ वटा हटाउन बाँकी रहेका छन्।

विज्ञबाट उक्त क्षेत्रको माटो परीक्षण गरी परिमार्जित डिजाइन तयार गरी स्वीकृत गरिएको छ। स्वीकृत परिमार्जित डिजाइनबमोजिम पुल निर्माण तथा पुनस्र्थापना आगामी असारभित्र सम्पन्न गरी यातायाता सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।

प्रकाशित: ५ मंसिर २०८२ १४:५९ | Friday, November 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast