चुनावमा भाग लिने कांग्रेसको निर्णय

हिमाल प्रेस ६ मंसिर २०८२ १५:२२
10
SHARES
चुनावमा भाग लिने कांग्रेसको निर्णय

काठमाडौँ-नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिने निर्णय गरेको छ।

शनिबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले चुनावमा भाग लिने निर्णय गरेको हो।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता प्रकाशशरण महतले बैठकले फागुन २१ गतेका लागि घोषणा भएको प्रतिनिधिसभा निर्वाचनमा भाग लिने निर्णय गरेको जानकारी दिए।

प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा मुलुकलाई निकास दिन निर्वाचन अपरिहार्य भएकाले निर्वाचनमा भाग लिने निर्णय भएको उनले बताए।

प्रवक्ता महतले प्रतिनिधिसभा र राष्ट्रिय सभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय भएको पनि बताए। यस्तै महाधिवेशनका विषयमा छिटै निर्णय हुने उनले बताए।

प्रकाशित: ६ मंसिर २०८२ १५:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast