काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाली कांग्रेसका युवा नेताहरूले भेट गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उनीहरूबीच मुलुकको समसामयिक राजनीति घटना र आगामी निर्वाचनको विषयमा छलफल भएको भेटमा सहभागी तरुण दलका केन्द्रीय सदस्य सन्दीप निरौलाले जानकारी दिए।
प्रधानमन्त्री कार्कीले आगामी फागुन २१ गते निर्वाचन हुने भन्दै निर्वाचनको वातावरण बनाउन दलहरूको साथ आफूलाई आवश्यक रहेको बताएको प्रधानमन्त्री कार्कीको भनाइ उद्धृत गर्दै नेता निरौलाले जानकारी दिए।
भेटमा कांग्रेसका युवा नेताहरूले सबै राजनीतिक दललाई विश्वासमा लिएर समयमै निर्वाचन गराउन प्रधानमन्त्री कार्कीसँग आग्रह गरेका थिए।
भेटमा देवराज चालिसे, गुरुराज घिमिरे, राजेन्द्र बजगाईं, उज्ज्वल बराल, रेशम बानियाँ, टेकराज पौडेल, छेडुप लामा, सन्दीप निरौलालगायतको सहभागिता रहेको थियो।


