आजका लागि बोलाएको कांग्रेस कार्यसमितिको बैठक स्थगित

हिमाल प्रेस २९ कार्तिक २०८२ ८:५१ | Saturday, November 15, 2025
8
SHARES
आजका लागि बोलाएको कांग्रेस कार्यसमितिको बैठक स्थगित फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार शनिबार दिउँसो २ बजेका लागि बोलाइएको बैठक स्थगन भएको हो। अब आगामी मङ्सिर १ गते सोमबार दिउँसो २ बजे बस्नेछ ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश कार्यसमितिका सभापतिको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरेको पौडेलले जानकारी दिए।

गत असोज २८ गते सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको १५ औँ महाधिवेशनबारे छलफल भएको छ। महाधिवेशन कहिले गर्ने भन्नेबारे बैठकमा नेताहरूले धारणा राखेका छन्।

जेनजी आन्दोलनका क्रममा घाइते भएपछि सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए। खड्काकै सभापतित्वमा बैठक बस्दै आएको छ।

देउवा दम्पति सिंगापुरमा उपचार गराई शुक्रबार साँझ स्वदेश फर्किसकेका छन्।

प्रकाशित: २९ कार्तिक २०८२ ८:५१ | Saturday, November 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast