कांग्रेसको विशेष महाधिवेशन पक्षधरको भेला आज

हिमाल प्रेस १० मंसिर २०८२ ८:२६ | Wednesday, November 26, 2025
कांग्रेसको विशेष महाधिवेशन पक्षधरको भेला आज

काठमाडौँ- नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले आज काठमाडौँमा विशेष भेलाको आयोजना गरेको छ। बुधबार दिउँसो १ बजेपछि राष्ट्रिय सभा गृह भृकुटीमण्डपमा हुनेगरी भेला आयोजना गरिएको नेता गुरुराज घिमिरेले जानकारी दिए।

काठमाडौँको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा दिउँसो १ बजे हुने भेलाले विशेष महाधिवेशनको मिति तोक्न केन्द्रीय कार्यसमितिलाई दबाब दिनेछ। केन्द्रीय समिति बैठक भोलि (बिहीबार) बस्दैछ। भेलामा विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर गरेका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधि नेताहरू सहभागी हुनेछन्।

कांग्रेस केन्द्रीय समिति गत असोज २८ गतेदेखि जारी कांग्रेस केन्द्रीय समिति बैठकमा पार्टीको १५औँ महाधिवेशन फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन अघि वा पछि भन्ने विषयमा विवाद छ।

कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पक्षले निर्वाचन अघि नै नियमित महाधिवेशन वा सो हुन नसके विशेष महाधिवेशन हुनुपर्ने अडान राख्दै आएका छन्। तर सभापति शेरबहादुर देउवा पक्षले भने निर्वाचन अघि महाधिवेशन सम्भव नहुने बताउँदै आएको छ।

प्रकाशित: १० मंसिर २०८२ ८:२६ | Wednesday, November 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast