महाधिवेशन निर्वाचनअघि कि पछि भन्नेमै अड्कियो कांग्रेस बैठक

हिमाल प्रेस १९ कार्तिक २०८२ १८:३१
24
SHARES
महाधिवेशन निर्वाचनअघि कि पछि भन्नेमै अड्कियो कांग्रेस बैठक फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा नेताहरूले पार्टी महाधिवेशनको मितिमा विषयमा आ–आफ्नो अडान कायमै राखेका छन्।

बुधबार पार्टी कार्यालय सानेपामा बसेको बैठकमा संस्थापन पक्ष नेताहरूले प्रतिनिधिसभा निर्वाचनपछि महाधिवेशन गर्नुपर्ने धारणा राखेका छन्। संस्थापनइतरसमूहका नेताहरूले निर्वाचनअघि नै महाधिवेशन गर्नुपर्ने धारणा राखेका छन्।

केही केन्द्रीय सदस्यहरूले भने विशेष महाधिवेशनमा गएर पार्टीलाई एकढिक्का बनाउनुपर्ने धारणा राखेका छन्। महाधिवेशन विवादका कारण कांग्रेस बैठक लम्बिएको छ।

अझै तीन दिन केन्द्रीय कार्यसमिति चल्ने र महाधिवेशनका विषयमा एउटै प्रस्ताव पारित गर्ने गरी सहमतिको प्रयास भइरहेको पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए।

यसअघि मंगलबार महामन्त्री गगनकुमार थापा र सहमहामन्त्री महेन्द्र यादवले अलग-अलग कार्यतालिका प्रस्तुत गरेका थिए।

बुधबार सहमहामन्त्री फरमूल्लाह मन्सुर, केन्द्रीय सदस्यहरू प्रकाशमान सिंह, पद्मनारायण चौधरी, जीवनबहादुर शाही, सुरेन्द्रराज पाण्डे, शंकर भण्डारी लगायतले धारणा राखेका थिए। बैठक बिहीबार बिहान ११:३० बजे पुन: बस्ने प्रवक्ता महतले बताए।

प्रकाशित: १९ कार्तिक २०८२ १८:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast