पार्टीभित्र हामी न झुक्छौँ, न झुकिन्छौँ : गगन थापा

हिमाल प्रेस २ मंसिर २०८२ १६:४९ | Tuesday, November 18, 2025
10
SHARES
पार्टीभित्र हामी न झुक्छौँ, न झुकिन्छौँ : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्र महाधिवेशन विवाद, जनमतको सन्देश र आवश्यक सुधारका एजेन्डामाथि छलफल चलिरहेको बताएका छन्।

सामाजिक सञ्जाल ‘एक्स’ मार्फत आज थापाले पार्टीभित्रको बहस अधिवेशनको मिति मात्रै तय गर्नेभन्दा पनि कांग्रेसलाई कसरी सुधार्ने भन्ने विषयमा केन्द्रित हुनुपर्ने बताए।

पुरानै शैली, पुरानै कार्यशैलीले अब कांग्रेस चल्न नसक्ने बताउँदै थापाले सुधारबाट मात्र कांग्रेसप्रति घट्दो विश्वास फर्किन सक्ने धारणा राखे। उनले पार्टीका सबै नेतालाई धैर्य गर्न आग्रह गरे। उनले,‘हामी निर्वाचनमा जानेछौँ तर नयाँ ऊर्जा र सुधारिएको कांग्रेसका साथ।’

सत्यको पक्षमा उभिँदा पार्टी फुट्ने नभई झनै बलियो बन्ने दाबी उनले गरे। भने, ‘हामी न झुक्छौँ, न झुकिन्छौँ।’ उनका अनुसार अहिले कांग्रेसभित्र दुई विषयमा आन्तरिक संघर्ष भइरहेको छ। नियमित महाधिवेशनमा जाने कि विशेष महाधिवेशन गर्ने भन्ने हो।

थापाले गत भदौ २३ र २४ गतेका घटनाले कांग्रेसलाई ठूलो प्रभाव पारेको बताउँदै पार्टी अब पहिले झैँ चल्न नसक्ने अवस्थामा पुगेको बताए। उनका अनुसार जनता परिवर्तन चाहन्छन् र सांसद तथा नेताहरूले त्यसलाई गम्भीर रूपमा आत्मसात् गर्नुपर्छ। ‘तिमीहरू नबदलिने हो भने हिजो भोट हाल्यौं, अब बदल्छौं भन्ने सन्देश आएको छ,’ उनले भने।

उनले भोटमा मात्रै ध्यान नदिई एकछिन थामिएर आवश्यक परिवर्तनहरू पहिचान गर्न, नयाँ सोच विकास गर्न र ‘आफूलाई नयाँ बनाउन’ आग्रह गरे।

प्रकाशित: २ मंसिर २०८२ १६:४९ | Tuesday, November 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast