कांग्रेस : तत्काल विशेष महाधिवेशनको मिति तोक्न माग

हिमाल प्रेस ३ मंसिर २०८२ १९:०४
4
SHARES
कांग्रेस : तत्काल विशेष महाधिवेशनको मिति तोक्न माग

काठमाडौँ- नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधर समूहले तत्काल विशेष महाधिवेशनको मिति र स्थान तोक्न माग गरेको छ।

कांग्रेसको विशेष महाधिवेशन पक्षधर समूहले बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै तत्काल पार्टी विधानको धारा १७ उपधारा (२) बमोजिम विशेष महाधिवेशनको मिति र स्थान तोक्न माग गरेको हो।

विशेष महाधिवेशन माग गर्ने करिब ५५ प्रतिशत हस्ताक्षरकर्ताको प्राथमिकता निर्वाचन अगाडी पार्टीको महाधिवेशन हुनुपर्छ भन्नेमा अडान कायमै रहेको उनीहरूले जनाएका छन्।

पार्टीको विधान बमोजिमको मागलाई प्रारम्भदेखि नै स्वीकार गर्न नचाहने, उपेक्षा गर्ने र औपचारिक एजेन्डा नबनाइएको प्रति गम्भीर आपत्ति रहेको कांग्रेस नेता गुरुराज घिमिरेले बताए।

मंसिरभित्र १५ औं नियमित महाधिवेशन समेत टार्नका लागि अनावश्यकरूपमा बैठक लम्बाइएको उनले आरोप लगाए। उनले फागुन २१ का लागि घोषित निर्वाचन अगाडि नै नयाँ नेतृत्व चयन गर्दै नयाँ नीति र नेतृत्वसहित थप ऊर्जा लिएर निर्वाचनमा होमिनुपर्ने धारणा राखे।

उनले पार्टीबाट बिदा हुन खाजेका सभापति शेरबहादुर देउवालाई जबर्जस्ती राजनीतिमा तान्ने प्रयत्न भइरहेको जिकिर गरे।

घिमिरेले अहिले पार्टीका केही नेताहरू महाधिवेशनलाई डेढ वर्ष पर धकेल्न खाजेको आरोपसमेत लगाए। महाधिवेशनका विषयमा हुने कुनै पनि प्रकारका जालझेलप्रति सचेत रहन आग्रह गर्दै विशेष महाधिवेशन पक्षधर समूहले विशेष महाधिवेशन, महाधिवेशन प्रतिनिधिको विशेष वैधानिक अधिकार भएको स्पष्ट पारेको छ।

विधानले तोकेको अवधिभित्रै अर्थात् अबको ५५ दिनभत्रै महाधिवेशनको सुनिश्चित नभएसम्म माग फिर्ता नहुने उनीहरूले जनाएका छन्।

प्रकाशित: ३ मंसिर २०८२ १९:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast