पटकपटक सरेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

हिमाल प्रेस ४ मंसिर २०८२ ७:५६
2
SHARE
पटकपटक सरेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै फाइल तस्बिर

काठमाडौँ- पटक–पटक सर्दै आएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने तय भएको छ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश कार्यसमितिका सभापतिहरूलाई उपस्थित हुन भनिएको छ। गत २८ असोजबाट सुरू भएको बैठकमा गत कात्तिक २७ गतेसम्म नेताहरूले धारणा राख्ने क्रम सकिएको थियो। त्यसपछि कात्तिक २९ गते र मंसिर १ गते बस्ने भनिएका बैठक स्थगित गरेर मंसिर ४ गतेका लागि निर्धारण गरिएको थियो।

जारी बैठकले १५ औं महाधिवेशन र प्रतिनिधि सभा निर्वाचनका सन्दर्भमा निर्णय लिने अपेक्षा छ। बैठकमा पार्टीको विशेष महाधिवेशन वा नियमित महाधिवेशन भन्नेमा बहस हुँदै आएको छ।

प्रकाशित: ४ मंसिर २०८२ ७:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast