कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने

हिमाल प्रेस १९ कार्तिक २०८२ ८:३१
12
SHARES
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालगायत। तस्बिरः माधवप्रसाद घिमिरे/रासस

काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने भएको छ। गत असोज २८ गतेबाट प्रारम्भ भएको बैठक कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा आज पनि पार्टीको केन्द्रीय कार्यालयमा बस्ने भएको हो ।

कार्यसमितिको बैठक बिहान ११ः३० बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। उनका अनुसार बैठकमा आफ्नो धारणा राख्नेक्रम जारी छ ।

मंगलबार बसेको बैठकमा महामन्त्री गगनकुमार थापा, सहमहामन्त्री महेन्द्र यादव, कोषाध्यक्ष उमेश श्रेष्ठ र केन्द्रीय सदस्यहरू कृष्णप्रसाद सिटौला, डा. चन्द्रकान्त भण्डारी, कर्णबहादुर बुढा, डा रणबहादुर रावल, दिलमान पाख्रिन, कुन्दनराज काफ्ले, राधा घले र शारदा पौडेलले आआफ्नो धारणा व्यक्त गरेका थिए ।

प्रकाशित: १९ कार्तिक २०८२ ८:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast