नियमित महाधिवेशनको माग गर्दै कांग्रेस केन्द्रीय कार्यालयमा ताला

हिमाल प्रेस १६ कार्तिक २०८२ १४:१९
16
SHARES
नियमित महाधिवेशनको माग गर्दै कांग्रेस केन्द्रीय कार्यालयमा ताला

काठमाडौँ- नेपाली कांग्रेस सुधार अभियान ‘अन्डर ४०’ समूहले आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा ताला लगाउँदै नियमित महाधिवेशन माग गरेको छ।

प्रहरीको सुरक्षा घेरा तोड्दै उनीहरू पार्टी मुख्यालय सानेपाको गेटसम्म पुगेका थिए। कार्यालयको प्रवेशद्वारमा पुग्नेबित्तिकै उनीहरूले गेटमा तालाबन्दी गरेका हुन्।

अभियानले नियमित महाधिवेशन गर्नुपर्ने र युवाको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने माग राख्दै प्रदर्शन गरेको हो।

गेट बन्द भएपछि उनीहरूले बाहिरै बस्दै ‘नियमित महाधिवेशन गर’, ‘वर्तमान केन्द्रीय समिति बिघटन गर’, ‘युवाको भावना सम्मान गर’ जस्ता नारा लगाएका थिए।

नियमित महाधिवेशन र युवा प्रतिनिधित्वको माग गर्दै कांग्रेस केन्द्रीय कार्यालयमा प्रदर्शन

प्रकाशित: १६ कार्तिक २०८२ १४:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast