कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दै

हिमाल प्रेस २६ कार्तिक २०८२ १०:११ | Wednesday, November 12, 2025
8
SHARES
कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ। तिहार अघिबाट सुरु भएको केन्द्रीय समिति बैठक अझैसम्म जारी छ।

विशेष महाधिवेशन वा नियमित महाधिवेशनको निर्णय हुन नसक्दा नेताहरू विभाजित छन्। कसैले निर्वाचनअघि नै पार्टीको महाधिवेशन गर्नुपर्ने माग उठाइरहेका छन् भने कतिले निर्वाचनपछि मात्रै पार्टीको महाधिवेशन हुनुपर्ने माग राखेका छन्।

पार्टी सभापति शेरबहादुर देउवा उपचारका लागि देश बाहिर रहँदा पार्टीको कार्य सम्पादन र निर्णय निकाल्न नेताहरूलाई समस्या परिरहेको छ। नेताहरूले संसद् पुनर्स्थापना, निर्वाचनमा जानुपर्ने, महाधिवेशन निर्वाचनअघि गर्नुपर्ने लगायतका मागहरू राखिरहेका छन्।

प्रकाशित: २६ कार्तिक २०८२ १०:११ | Wednesday, November 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast