फेरि सर्‍यो कांग्रेस केन्द्रीय समिति बैठक

हिमाल प्रेस ४ मंसिर २०८२ ११:०२ | Thursday, November 20, 2025
4
SHARES
फेरि सर्‍यो कांग्रेस केन्द्रीय समिति बैठक फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक फेरि सरेको छ। गत बिहीबारबाट सूचना टाँसेर तीन पटक सारिएको बैठक फेरि सूचना टाँसेर सारिएको हो।

पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबार सूचना जारी गर्दै शनिबार दिउँसो एक बजेसम्मका लागि सारिएको जानकारी दिएका छन्। ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज बस्ने भनिएको बैठक स्थगित भएको छ। उक्त बैठक २०८२ मंसिर ६ गते शनिबार दिउँसो १ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा बस्ने भएकाले केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ,’ पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ४ मंसिर २०८२ ११:०२ | Thursday, November 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast